महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव फेला

महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव फेला

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव फेला

    काठमाडौं । महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादवको शव फेला परेको हो । 

    आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए । घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

    घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको जनाइएको छ । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको प्रहरीले जनाएको छ ।
     
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij