काठमाडौंका यी स्थानमा बुधबारदेखि दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा बुधबारदेखि दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौंका यी स्थानमा बुधबारदेखि दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने

    काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बुधबारदेखि दैनिक ५ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत अवरुद्ध १० दिनसम्म हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्र्ने कार्यको लागि विद्युत अवरुद्ध गर्नुपरेको जनाएको छ । साे स्थानहरुमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द प्राधिकरणले जनाएको छ ।   

    प्राधिकरणका अनुसार विद्युत अवरुद्ध माघ ९ गतेदेखि १८ गतेसम्म हुनेछ । माघ ९ गते कलंकी फिडर (कुलेश्वर) अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । 

    माघ १० गते कोटेश्वर फिडर (बानेश्वर) अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्र, माघ ११ गते च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । 

    यस्तै, माघ १२ गते बलम्बु फिडर अन्तर्गत बलम्बु क्षेत्र, माघ १३ गते रोपवे फिडर (कीर्तिपुर) अन्तर्गत त्रिभुवन विश्वविद्यालय वरिपरिका क्षेत्र, माघ १४ गते इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ । 

    माघ १५ गते गोठाटार (जोरपाटी) फिडर अन्तर्गत मानटार चोक क्षेत्र, माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, माघ १७ गते शंखमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते के.एस.सी. र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत अवरुद्ध हुने प्राधिकरणले बताएको छ । 

    Capture.JPG

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij