काठमाडौं । पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका तथा तराईका केही भूभागमा हुस्सु लागेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।