मधेशका स्वास्थ्य मन्त्री चढेको गाडी दुर्घटना

मधेशका स्वास्थ्य मन्त्री चढेको गाडी दुर्घटना

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • मधेशका स्वास्थ्य मन्त्री चढेको गाडी दुर्घटना

    काठमाडौं । धेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटनामा परेको छ । हिजो राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

    दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्पाइनल हड्डीमा चोट लागेको छ । 

    स्वास्थ्य मन्त्री चढेको मधेश प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij