५० लाख धरौटी बुझाएर रिहा भए छविलाल जोशी

५० लाख धरौटी बुझाएर रिहा भए छविलाल जोशी

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • ५० लाख धरौटी बुझाएर रिहा भए छविलाल जोशी

    काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन । काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।  

    अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर हिजै रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

    सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् । उनीहरुविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij