बाराका तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बाराका तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • बाराका तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । बाराको साबिक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्सारीले ३८ लाख ३० हजार ५ सय रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको हो । 

    उनले साविक साविकको आदर्श गा.वि.स. भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको आरोप छ ।

    यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४र६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५ सय  रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij