काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् । जोशी यसअघि कास्की जिल्ला अदालतबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।