यू–१९ महिला टी२० विश्वकप : स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो

यू–१९ महिला टी२० विश्वकप : स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • यू–१९ महिला टी२० विश्वकप : स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो

    काडमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।

    यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ। अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो । 

    स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् ।  
     
    बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक/एक विकेट लिए । 
     
    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन । त्यसैगरी,  सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
     
    स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई/दुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् । 
     
    प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij