काठमाडौं । आईसीसी यू–१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो ।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । ४३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । सावित्री धामीले १० रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २–२ विकेट लिए ।