काठमाडौं । चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान प्रतिवेदन चितवन प्रहरीले सरकारी वकिल कार्यालय चितवनमा बुझाएको छ ।
मंसिर ७ गतेबाट चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेको प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
उनीहरुविरुद्ध मुलुलकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।
यसअघि पहिलो चरणमा ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । त्यतिबेला १७ जनालाई प्रतिवादी बनाइएको थियो । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ ।