ट्रम्पको आश्वासनपछि अमेरिकामा पुनः चल्न थाल्यो टिकटक

ट्रम्पको आश्वासनपछि अमेरिकामा पुनः चल्न थाल्यो टिकटक

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • ट्रम्पको आश्वासनपछि अमेरिकामा पुनः चल्न थाल्यो टिकटक

    काठमाडौं । ट्रम्पको आश्वासनपछि अमेरिकामा पुनः चल्न थाल्यो टिकटक राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले प्रतिबन्धको निर्णय स्थगन गर्ने आश्वासन दिएपछि अमेरिकामा टिकटकले पुनः सेवा सुरु भएको छ। 

    ट्रम्पले सोमबार कार्यभार सम्हालेपछि टिकटकमा प्रतिबन्धको निर्णय अस्थायी रूपमा रोक्न एक कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले पुनः सेवा सुरु भएको हो।

    योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । आइतबार नै केही घन्टापछि टिकटकले सामाजिक सञ्जालमा सूचना जारी गर्दै सेवा सुरु हुने बताएको थियो । उसले अमेरिकामा टिकटक पुनः सुरु गर्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने बताएको हो ।

    टिकटकले व्यक्तिगत गोपनीयताको हनन गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै अमेरिकी संसद्ले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सो निर्णय अदालतले पनि सदर गरेपछि आइतबारदेखि कम्पनीले आफैँ अमेरिकामा सेवा बन्द गरेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij