प्रहरीबाट युवक निर्घात कुटिए, भिडियो भाइरल भएपछि छानबिन समिति गठन

प्रहरीबाट युवक निर्घात कुटिए, भिडियो भाइरल भएपछि छानबिन समिति गठन

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • प्रहरीबाट युवक निर्घात कुटिए, भिडियो भाइरल भएपछि छानबिन समिति गठन

    काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।

    प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिएको छ । 

    प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।

    सो घटनामा छानबिन गर्नका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाइएको छ । घटना भएको लोकेसन भेरिफाइ गरिरहेको र भेरिफाइ भइसकेपछि घटनाबारे जानकारी गराउने जनाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij