पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

    काठमाडौं । कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

    बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन् । तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।

    सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij