काठमाडौं । उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिका–७ वडा अध्यक्ष विमल होडासहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको जानकारी गराएका थियो । लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो ।
चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध पनि गरेका छन् । ती संरचनामा अवस्थित विभिन्न कारखानाका मजदुर र स्थानीयहरूले डोजर पुगेपछि अवरोध गरेका थिए ।
मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
सेटब्याक नपुर्याइ बनेका संरचना पनि भत्काउने प्राधिकरणले जनाएको छ ।वडा नम्बर ७ मा मात्रै करिब १४ रोपनी जग्गा अतिक्रमण भएको बताइएको छ ।