सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित ४२ जनाविरुद्ध मुद्धा दायर

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित ४२ जनाविरुद्ध मुद्धा दायर

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित ४२ जनाविरुद्ध मुद्धा दायर

    काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

    उनीहरु विरुद्ध संगठित रुपमा ठगीको कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा लामिछानेसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।

    लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

    २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

    सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

    लामिछाने कास्की र काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा हाल हिरासत बाहिर रहेका छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij