जगदुल्ला जलविद्युत आयोजनाको लागि ठेक्का पुन : आह्वान

जगदुल्ला जलविद्युत आयोजनाको लागि ठेक्का पुन : आह्वान

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • जगदुल्ला जलविद्युत आयोजनाको लागि ठेक्का पुन : आह्वान

    काठमाडौं । जगदुल्ला जलविद्युत आयोजनाको लागि ठेक्का पुन : आह्वान भएको छ । जगदुल्ला हाइड्रोपावरले आज एक सुचना जारी गर्दै सिभिल र हाइड्रोमेकानिकलको ठेक्का आह्वान गरेको हो । 

    इच्छुक कम्पनीले माच ५ सम्म आवेदन दिन सक्नेछन् । प्रविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि रद्द भएको ठेक्का पुनः आह्वान गरेको हो । 

    यसअघि आवेदन दिएका ७ वटै कम्पनी प्राविधिक रुपमा असक्षम रहेको भन्दै पुस २३ गते ठेक्का रद्द गरिएको थियो । जसका कारण कम्पनी समेत विवादमा परेको थियो । अहिले पुनः ठेक्का भएको छ । यो सँगै पुनः पहिलो आवेनदन दिएको कम्पनी तथा नयाँ कम्पनीले आवेदन दिन पाउनेछन् । 

    यसअघि आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रर्क्युरमेन्ट, कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का आह्वान गरिएको थियो। परियोजना निर्माणका लागि जेआईईसी र शर्मा एण्ड कम्पनीमार्फत चिनियाँ कम्पनी झोङ‌दिङ इन्टरनेसनल, आरएससी र अविर, हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीई कम्पनी, सिनो हाइड्रो कर्पोरेसन, जेसीई र एएनके ज्वाइन्ट भेन्चर, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन तथा ओम र फेवा जेभी कन्स्ट्रक्सनले संयुक्तरुपमा आवेदन दिएका थिए।

    १०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। प्राविधिक रुपमा छनोट भएपछि आर्थिक प्रस्ताव मागिने र सोही प्रस्तावमा उपयुक्त कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिने तयारी रहेको थियो। आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा कम्पनीले १६ अर्ब ऋण र ७ अर्ब रुपैयाँ स्वपुँजीबाट जुटाइने गरी वित्तीय व्यवस्थापन टुंगो लगाइएको थियो।   

    एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij