गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना, नेपाली पाइलटसहित २ जनाको मृत्यु

गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना, नेपाली पाइलटसहित २ जनाको मृत्यु

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना, नेपाली पाइलटसहित २ जनाको मृत्यु

    काठमाडौं । भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको हो ।
     
    मृत्यु हुनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छिन् । शिवानी भारतकै पुणे निवासी हुन् ।

    शनिबार उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।
     
    प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij