कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, कस्तो रहला देशभरकाे मौसम ?

कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, कस्तो रहला देशभरकाे मौसम ?

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, कस्तो रहला देशभरकाे मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहने सम्भावना रहेको छ । 

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । दिउँसोपछि भने हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij