खो–खो विश्वकप : उपाधिका लागि आज आयोजक भारतसँग खेल्दै नेपालका दुवै टोली

खो–खो विश्वकप : उपाधिका लागि आज आयोजक भारतसँग खेल्दै नेपालका दुवै टोली

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • खो–खो विश्वकप : उपाधिका लागि आज आयोजक भारतसँग खेल्दै नेपालका दुवै टोली

    काठमाडौं । खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे शुरु हुनेछ । खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ ।

    हिजो भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरान र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् । नेपालको पुरुष टोली उद्घाटन खेलमा भारतसँग पराजित भएको थियो ।

    महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको हो । नेपालको महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पराजित गर्‍यो । त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६६–१६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij