आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै ठगी गर्ने मानिस पक्राउ

आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै ठगी गर्ने मानिस पक्राउ

शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै ठगी गर्ने मानिस पक्राउ

    काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-३ ठेगाना भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्कीलाई रहेका छन् । 

    कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखि रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्टा विश्वास दिलाई ३ लाख रूपैयाँ लिई फरार भएका थिए ।

    पीडितको उजुरीपछि कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij