काठमाडौं । स्याङ्जामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । कुश्मा नगरपालिका- १४ पर्वतका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर गएराति ११ बजे दुर्घटना भएको हो ।
शारदा नगरपालिका- ७ सल्यानका १५ वर्षीय हरि परियार, आँधी खोला गाउँपालिका- २ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका- ६ भण्डारा, चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानाकारी दिए । उनीहरूको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भइरहेको छ ।
सडकबाट करिब ५० मिटर तल खसेको टिपर दुर्घटनाबारे अनुसन्धान अगाडि बढाएको श्रेष्ठले बताए ।