इजरायलको मन्त्रिपरिषदले अनुमोदन गर्यो गाजामा युद्धविराम सम्झौता, आइतबारदेखि लागू हुने

इजरायलको मन्त्रिपरिषदले अनुमोदन गर्यो गाजामा युद्धविराम सम्झौता, आइतबारदेखि लागू हुने

शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • इजरायलको मन्त्रिपरिषदले अनुमोदन गर्यो गाजामा युद्धविराम सम्झौता, आइतबारदेखि लागू हुने

    काठमाडौं । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ। यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ ।

    प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र हमासले केही घण्टाअघि नै सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको बताएका थिए। बुधबार अमेरिका र कतारले पहिलो पटक सम्झौता भएको घोषणा गरेका थिए ।

    यसपछि इजरायली मन्त्रिपरिषद्ले बिहीबार नै सहमतिलाई अनुमोदन गर्ने बताइएको थियो तर बेन्जामिन नेतान्याहुले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाउँदै क्याबिनेटको मतदान स्थगित गरेका थिए ।

    शुक्रबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले दोहामा रहेको इजरायली वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिएको घोषणा गरेको थियो।

    हमासले पनि एक विज्ञप्ति जारी गर्दै सम्झौताका सर्तहरूका सम्बन्धमा उठेको ‘अवरोध’ बिहान समाधान भएको बताएको थियो।

    सहमतिका तीन चरण
    सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताएका छन् । बाइडेनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ। तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माणका लागि छलफल हुनेछ ।

    हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। यी हमलाहरूमा १,२०० मानिस मारिएका थिए भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो।

    यसपछि इजरायलले जवाफी कारबाही गरेको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
    इजरायलले २५१ बन्धकमध्ये ९४ जना अझै हमाससँग रहेको र तीमध्ये ३४ जनाको मृत्यु भएको बताएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij