सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

    खाँदबारी । कोशी राजमार्गअन्तर्गत यहाँको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ । आज दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

    करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ । इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीले  पहिरो पन्छाउने प्रयास गरिरहेको छ । 

    भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान ९ किलोमिटर दुरीमा पर्छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij