सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

    काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

    गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । विहीबार साँझ साढे पाँच बजे पछाडिको टायर पन्चर हुँदा सडक छेउँको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij