कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

    काठमाडौं । कपिलवस्तुमा २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

    वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु रहेका छन् ।

    उनीहरुको अस्पतालमा उपचारको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएका अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij