इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने

इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने

    काठमाडौं ।  इजरायल र विद्रोही समूह समास १५ महिना लामो युद्ध समाप्त गर्न युद्धविराम सम्झौतामा पुगेका छन् ।  आउँदो आइतबारदेखि लागू हुने युद्धविराम सम्झौताको मुकाममा पुगेका हुन् । 

    सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन । जसमा पूर्ण एवं समग्र युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता र हमासले राखेका सबै बन्दीहरुको रिहाईलाई महत्वपूर्ण रुपमा समेटिएको बताइएको छ । 

    हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।

    नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ ।गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्।

    इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।सम्झौताको पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ ।

    पहिलो चरणको १६ औँ दिनदेखि सुरु हुने दोस्रो चरण कार्यान्वयन सुरू हुने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुने जनाइएको छ । तेस्रो चरणले मृत बन्धकहरूको बाँकी सबै शवहरू फिर्ता गर्ने र गाजाको पुनर्निर्माणको सुरुवातलाई सम्बोधन गर्ने बताइएको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij