काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि बनाइएको सिफारिस समितिले बुधबार १६ जनाको निवेदन स्वीकृत गरेको हो।
समितिमा १७ जनाको निवेदन परेको थियो। स्वीकृत हुनेमा मोरङका प्राडा. मेघराज दंगाल, काठमाडौंका प्राडा. श्याम नारायण लाभ, काठमाडौंका प्राडा. नविन पोखरेल, काभ्रेका प्राडा. सुबोध शर्मा, इलामका प्राडा. बालचन्द्र लुंइटेल, अर्घाखँचीका प्राडा. हरिप्रसाद न्यौपाने, ललितपुरका प्राडा. विभूति रञ्जन झा, काठमाडौंका प्राडा. भोला थापा, भक्तपुरका प्राडा. कन्हैया झा, काठमाडौंका प्राडा. जनार्दन लामिछाने, काठमाडौंका प्राडा. मनिष पोखरेल, काठमाडौंका प्राडा. विमप्रसाद श्रेष्ठ, काठमाडौंका प्राडा. वेदमणि दाहाल, काभ्रेका प्राडा. अच्युप्रसाद वाग्ले र बैतडीका प्राडा। धिरज गिरी रहेका छन्।
सिफारिस समितिले गत १८ पुसमा दरखास्त आह्वान गरेको थियो । आगामी ६ माघदेखि उपकुलपति भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।
अब १६ जनाबाट उपकुलपतिका लागि ३ जानको नाम छनोट समितिले सिफारिस गर्ने छ ।
