काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्य आजै राती १२ बजेदेखि लागू हुनेछ ।
मूल्य वृद्धिसँगै प्रति लिटर १६० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मटीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ ।
