आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । बुधबार चार संसदीय समितिको बैठक बस्दैछ । 

    आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 

    यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानुन कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । 

    जसअन्तर्गत संघीय संसदले बनाएको ऐन/कानुन कार्यान्वयनका चुनौतीका विषयमा कैलाली जिल्लाको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐन/कानुन कार्यान्वयनका चुनौतीका विषयमा धनुषा जिल्लाको जनकपुरधाममा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐन/कानुन कार्यान्वयनका चुनौतीका विषयमा दाङ जिल्लाको देउखुरीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ मा छलफल हुनेछ । 

    यसैगरी आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान साढे ११ मा बस्ने बैठकमा ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’ को सार्वजनिकीकरण र छलफल हुँदैछ । 

    आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ । बैठक दिनको १ बजे बस्दैछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij