बाँकेमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बाँकेमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • बाँकेमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौं । बाँकेमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लास्थित राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।

    बसमा मोटरसाइकल ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र सोही मोटरसाइकलमा पछाडि सवार सोही स्थानकै २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

    प्रहरीका अनुसार बस चालक फरार भएका थिए । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसअघि दुई दिन पहिले पनि बाँकेको कुसुमनजिक ट्याङ्कर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कैलालीका दुई जनाको मृत्यु भएको थियो ।

    तीव्र गतिका कारण दुर्घटना वृद्धि भएको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मौसम र गतिलाई ध्यानमा दिएर सवारी साधन चलाउन सबैसँग अनुरोध गरको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij