काठमाडौं । काठमाडौंको ठमेलबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । अपहरणमा संलग्न आरोपमा ४ जना भारतीय नागरिकलाई प्रहरीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको छ ।
ठमेलबाट भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
प्रहरीले चालक र एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिए पनि सुरुमा अन्य व्यक्तिहरू भागेका थिए । पछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरसमेतको समन्वयमा चारजना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीले हालसम्म पक्राउ परेका र उद्दार गरिएकाका व्यक्तिको नाम खुलाएको छैन ।
प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको बताइएको छ । काठमाडौं ल्याएर बुधबारदेखि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।