सुनसरीमा दुर्घटना हुँदा उच्च अदालतका न्यायाधीशसहित दुईजना घाइते

सुनसरीमा दुर्घटना हुँदा उच्च अदालतका न्यायाधीशसहित दुईजना घाइते

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • सुनसरीमा दुर्घटना हुँदा उच्च अदालतका न्यायाधीशसहित दुईजना घाइते

    काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा मंगलबार भएको सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उनीसँगै कारमा सवार मोरङको विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

    घाइते न्यायाधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बिएबी ७१४६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएका दुवैको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij