काठमाडौं । भारतीय कथा बाचिका देवी प्रतिभा फेरि नेपाल आएकी छिन् । मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथा वाचन गर्नका लागि चितवनको देवघाटमा आएकी हुन् ।
केही महिनाअघि पशुपतिको बनकालीको महायज्ञमा आएर कथा बचन गरेकी उनको त्यतिबेला निकै चर्चा भएको थियो ।
२३ बर्सिया उनी यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका आएको बताइएको छ ।
मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ बुधबारदेखि लगाइने ‘देवघाट महामहोत्सव’मा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु, पूज्य यशोदा कौडिन्य र पूज्य अनुराधा पाण्डेयले पनि कथा वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यसैबीच प्रतिभाले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेट गरेकी छन् । भेटपछि उनले रेनुले गरेको सम्मान प्रेम र स्नेहप्रति खुसी व्यक्त गरेकी छन् ।