गोली प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

गोली प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • गोली प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    काठमाडौं । डडेलधुरामा गोली प्रहरी गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगर रहेका छन् ।

    घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरी टोलीले डम्बरलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ भने उनको साथबाट भरूवा बन्दुक समेत बरामद भएको छ ।

    नियन्त्रणमा रहेको डम्बरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij