१२ वटा मुद्दामा फरार महिला काठमाडौंबाट पक्राउ

१२ वटा मुद्दामा फरार महिला काठमाडौंबाट पक्राउ

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • १२ वटा मुद्दामा फरार महिला काठमाडौंबाट पक्राउ

    काठमाडौं । १२ वटा मुद्दामा फरार महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगन्ज घर भएकी ५७ वर्षीय सुधा बस्नेत रहेकी छिन् । 
     
    बस्नेतलाई फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उच्च अदालत पाटनबाट बैकिङ्ग कसुरको १२ वटा मुद्दा फैसला भएपछि उनी फरार थिइन् ।

    उनीविरुद्ध ९० लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना असुल गर्नुपर्ने अदालतको फैसला छ । बस्नेतलाई उच्च अदालत पाटनमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij