काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ रुपैयाँले घटेर प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।