देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।

    दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

    आगामी २४ घन्टाका लागि तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको अवस्था रहने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने महाशाखाले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij