विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • विराटनगरमा बसको ठक्करबाट महिलाको मृत्यु

    काठमाडौं । विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट सोमबार साँझ एक जना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित हिमाल आँखा अस्पताल अगाडि साँझ ५:५० बजेतिर दुर्घटना भएको हो । 

    मोरङ ट्राफिक प्रहरीले दुर्घटनामा परेर विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको जानकारी दिएकाे छ । 

    प्रहरीका अनुसार पैदलयात्री महिलालाई सडक पार गर्दै गर्दा प्रदेश १–०१–००१ ख् ४४८३ नम्बरको बसले ठक्कर दिएको थियो । रानीबाट विराटनगर बसपार्कतर्फ आउँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएकाे छ । अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ६:१० बजेतिर मृत घोषित गरेको प्रहरीको भनाइ छ । 

    दुर्घटनालगत्तै प्रहरीले बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । तीव्र गतिमा रहेको बसले पैदलयात्री महिलालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij