काठमाडौं । बागमती प्रदेश सरकारले ३ वटा सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३ सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको हो ।
आइतबार सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरिय निर्णय गर्दै काठमाडौंका ३ वटा सहकारीलाई समस्या ग्रस्त घोषणा गरेका हुन् । मन्त्री श्रेष्ठका अनुसार काठमाडौंको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड र लालिगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्या ग्रस्त घोषणा गरेको हो ।