हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेस गर्ने

हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेस गर्ने

सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेस गर्ने

    काठमाडौं । सरकारले तीनवटा विधेयकलाई संसदमा पेस गर्ने निर्णय गरेको छ । गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा विधेयक संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । 

    उनका अनुसार हिउँदे अधिवेशनमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij