५८ जिल्लाका भूमि आयोगमा अध्यक्ष नियुक्त, कहाँ को ? (सूचीसहित)

५८ जिल्लाका भूमि आयोगमा अध्यक्ष नियुक्त, कहाँ को ? (सूचीसहित)

सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • ५८ जिल्लाका भूमि आयोगमा अध्यक्ष नियुक्त, कहाँ को ? (सूचीसहित)

    काठमाडौं । सरकारले ५८ जिल्लामा भूमि आयोग अध्यक्ष नियुक्त गरेको छ । सत्तारुढ नेपाली कांग्रेस र एमालेले भागबण्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । 

    भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नव नियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको छ ।

    गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् । जुम्लामा भने नियुक्ति भइसकेको नाम आउन मात्र बाँकी रहेको बताइएको छ ।

    ७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७–३७ जिल्ला र ३ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो । सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन । एमालेले पाएकामध्ये ३ र कांग्रेसले पाएका जिल्लामध्ये ३ जिल्लामा विवाद देखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij