कुवेर कडायत र रवीन्द्र केसी एआईजीमा बढुवा

कुवेर कडायत र रवीन्द्र केसी एआईजीमा बढुवा

सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • कुवेर कडायत र रवीन्द्र केसी एआईजीमा बढुवा

    काठमाडौं ।  नेपाल प्रहरीका दुईजना नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको हो । 

    गत १७ पुसमा उनीहरूलाई बढुवा सिफारिस समितिले एआईजीका लागि सिफारिस गरेको थियो ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्य र प्रदेश समन्वय विभाग प्रमुख भरतबहादुर बोहरा अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरेको हो ।

    कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij