प्रधानमन्त्री कार्यालयसहित १३ जना सचिवको सरुवा, दुई जनालाई कामुको जिम्मेवारी

प्रधानमन्त्री कार्यालयसहित १३ जना सचिवको सरुवा, दुई जनालाई कामुको जिम्मेवारी

सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • प्रधानमन्त्री कार्यालयसहित १३ जना सचिवको सरुवा, दुई जनालाई कामुको जिम्मेवारी

    काठमाडौं । मन्त्रिपरिषद्ले १३ जना सचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवकाे सरुवा र दुई जनालाई कामुको जिम्मेवारी तोकेको हो । 

    कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । यस्तै पर्यटन मन्त्रालयमा विनोद सिंह, महालेखा नियन्त्रक कार्यालयमा गणेश पाण्डे, महिला बालबालिका मन्त्रालयमा लक्ष्मी बस्नेत र उपराष्ट्रपतिको कार्यालयमा दिनेश भट्टराईलाई सरुवा गरिएको छ । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्थ, निर्वाचन आयोगमा भरतमणि सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुमानराज अर्याललाई सरुवा गरिएको छ । कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई पठाइएको छ ।

    युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साललाई सुरुवा गरिएको छ । चुडामणी शर्मा पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र मुकुन्द प्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

    बागमती प्रदेशमा महादेव पन्थलाई पठाएको छ । मन्त्रिपरिषद्ले बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेशको कामु प्रदेश सचिव र मदन भुजेललाई मधेस प्रदेशको कामु सचिवको जिम्मेवारी दिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij