सकिएन रवि लामिछानेको थुनछेक बहस, पुनः हिरासतमै लगिए

सकिएन रवि लामिछानेको थुनछेक बहस, पुनः हिरासतमै लगिए

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • सकिएन रवि लामिछानेको थुनछेक बहस, पुनः हिरासतमै लगिए

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौँबाट प्रहरीले हिरासततर्फ लिएर गएको छ । अदालतले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएसँगै रविलाई प्रहरीले लिएर गएको हो । 

    आइतबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको थियो । आदेशपछि रवि अदालतबाट सलाम गर्दै बाहिर निस्किएका थिए ।

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको भन्दै रविविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उक्त मुद्दामा सोमबार थुनछेक बहस हुनेछ ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई ८४ दिनपछि जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij