भरुवा बन्दुकसहित पाँचजना पक्राउ

भरुवा बन्दुकसहित पाँचजना पक्राउ

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • भरुवा बन्दुकसहित पाँचजना पक्राउ

    काठमाडौं । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् ।

    शनिबार राति प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित पाँच जनालाई पक्राउ गरिएको हो ।

    इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । 

    उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij