काठमाडौंमा अधिकारीको इजलासमा रवि लामिछानेको बयान सुरु

काठमाडौंमा अधिकारीको इजलासमा रवि लामिछानेको बयान सुरु

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौंमा अधिकारीको इजलासमा रवि लामिछानेको बयान सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान सुरु भएको हो ।

    गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् ।

    लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका छन् ।

    स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिलले रविलाई सो रकम बिगो मागदाबी राखेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij