पाल्पामा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

पाल्पामा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • पाल्पामा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

    काठमाडौं । पाल्पामा फोर्स गाडीले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको प्रहरीले जनाएको छ ।

    बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु२ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएकी गहतराजको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    तानसेन रिडी सडक खण्डको सामाकोट नजिकै हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि घाइते गहतराजलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको थियो ।

    ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij