लस एन्जलिस : आगलागीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

लस एन्जलिस : आगलागीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • लस एन्जलिस : आगलागीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

    काठमाडौं । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

    लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ ।

    अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी भइसकेको छ भने ३० हजार एकड पुर्ण रूपमा ध्वस्त भएको छ । साथै, सो आगलागीमा परी करिब १२ हजार घरमा क्षति पुगेको छ । 

    जसअनुसार हलिउडका ठुला सेलेब्रेटीका पनि अर्बौ मुल्यका घरहरू ध्वस्त भएको जनाइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij