स्वर्णलक्ष्मी सहकारी प्रकरण : काठमाडौं जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

स्वर्णलक्ष्मी सहकारी प्रकरण : काठमाडौं जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • स्वर्णलक्ष्मी सहकारी प्रकरण : काठमाडौं जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

    काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गएको बिहीवार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रवार काठमाडौं आएर आज जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराएको हो ।

    आज नै उनको बयान र वकिलहरूको बहस सक्ने तयारी छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक र साझेदार रहँदा विभिन्न सहकारी संस्थाबाट टेलिभिजनमा लगानी भएको रकम परिचालनमा लामिछाने पनि जिम्मेवार रहेको सरकारी पक्षको आरोप छ ।

    सहकारी समस्याबारे छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेपछि उनीमाथि विभिन्न जिल्लामा अनुसन्धान शुरु भएको थियो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी, चितवनमा सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगीको आरोप छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij