रवि लामिछाने आज बिहान जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

रवि लामिछाने आज बिहान जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • रवि लामिछाने आज बिहान जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहान साढे ८ बजे जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने भएका छन् ।

    रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार लामिछाने आज बिहान जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने जानकारी दिएका छन् ।

    उनले भनेका छन्- 'उहाँ सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ ।' उनका अनुसार लामिछाने कास्कीको आवश्यक कानुनी कार्य सकेर काठमाडौंका लागि हिँडेका छन् । 

    लामिछानेलाई जिल्ला अदालत, कास्कीले बिहीबार ६५ लाख धरौटीमा रिहा गरेको थियो । 

    यससँगै उनी स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धीको प्रक्रियाका लागि जिल्ला अदालत, काठमाडौंमा हाजिर हुन लागेका हुन् ।

    कास्कीबाट रिहा भएलगत्तै उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको भएपनि आफैँ अदालतमा उपस्थित हुने प्रतिबद्धता गरेपछि उनलाई सो सहुलियत दिइएको बुझिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij